आईजीपी बढुवाविरुद्ध पोखरेलले दिए सर्वोच्चमा रिट, थापा परामर्शमै
काठमाडौं, १९ वैशाख । नेपाल प्रहरीको आईजीपी बढुवाविरुद्ध एआईजी विश्वराज पोखरेलले सर्वोच्चमा रिट दायर गरेका छन ।
सोमबार उनले वारेसमार्फत रिट दायर गरेको सर्वोच्च प्रशासनले जनाएको छ । पोखरेलले पेश गरेको रिट दर्ता हुन बाँकी छ । सर्वोच्चले रिट लिएर पुगेकी उनकी वारेस सुनीता राउतलाई केहि समय पछि आउनु भनि बोलाएको छ ।
अर्का एआईजी सहकुल थापा भने कानुनी परामर्शमै छन्। उनले रिट दायर गर्ने वा नगर्ने भन्ने निश्चित गरिसकेका छैनन ।
पोख्रेलभने आफू वरिष्ठ रहेको दाबी गर्दै आफैंलाई आईजीपी बनाउनु पर्ने मागसहित सर्बोच्च पुगेका हुन्। पोखरेल पनि नवनियुक्त आईजीपी धिरजप्रताप सिंहकै ब्याची हुन्। । तर पहिले एआईजी भएकाले आफैं आईजीपी हुनु पर्ने उनको माग रहेको छ ।
आईजीपी थापाले सोमबार दज्र्यानी चिन्ह लगाइसकेका छन्। गृह मन्त्रालयमा बिहानै गृह सचिव टेकनारायण पाण्डेले सिंह र सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याललाई दज्र्यानी चिन्ह लगाइदिएका हुन्। । सशस्त्र तर्फ भने कुनै विवाद छैन ।
नेपाल प्रहरीका एआईजी पोखरेल भने एक महिनाको बिदा लेखेर मुद्दा लड्नैका लागि हिडेका छन्। । हेडक्वार्टरमै बास बस्दै आएका पोखरेलले आइतबार नै त्यहाँ रहेका आफ्ना सामान पनि सारिसकेको बताइएमको छ ।