Date

शनि, बैशाख ६, २०८२
Sat, April 19, 2025

४६ लाख २४ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता

४६ लाख २४ हजार नाघे स्थायी लेखा नम्बर लिने करदाता

काठमाडौं, १९ वैशाख । चालू आर्थिक वर्षको ८ महिनामा स्थायी लेखा नम्बर लिने करदाता संख्या ४६ लाखभन्दा बढी पुगेको छ । आन्तरिक राजस्व विभागको तथ्यांकलाई आधार मान्दै अर्थ मन्त्रालयले सार्वजनिक गरेको प्रतिवेदनमा फागुन मसान्तसम्ममा स्थायी लेखा नम्बर लिने कुल करदाता संख्या ४६ लाख २४ हजार ४६१ पुगेको हो ।

सो अवधिमा व्यक्तिगत स्थायी लेखा नम्बर लिने करदाता २८ लाख ५६ हजार ५८९ रहेका छन्, जुन कुल करदाताको ६१.८ प्रतिशत हो । यस्तै व्यावसायिक स्थायी लेखा नम्बर लिने करदाता संख्या १७ लाख ५२ हजार ६७४ पुगेको छ । यो कुल करदाताको ३९.९ प्रतिशत हो । करकट्टी गर्ने निकायले लिएको स्थायी लेखा नम्बर १५ हजार १९८ रहेको छ ।
फागुन मसान्तसम्ममा मूल्य अभिवृद्धि करमा दर्ता भएका करदाता ३ लाख १४ हजार ७६ र अन्तःशुल्कमा दर्ता भएका करदाता संख्या १ लाख १६ हजार ५६० पुगेको मन्त्रालयको मासिक प्रतिवेदनमा उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x