Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

उद्योगमा भइरहेको अघोषित लोडसेडिङ स्वीकार्य छैन : अध्यक्ष गोल्छा

उद्योगमा भइरहेको अघोषित लोडसेडिङ स्वीकार्य छैन : अध्यक्ष गोल्छा

काठमाडौं, १९ वैशाख । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले उद्योगहरूमा भइरहेको अघोषित लोडसेडिङ स्वीकार्य नहुने बताएका छन् ।
सोमबार महासंघले आयोजना गरेको पूर्वबजेट अन्तरक्रिया कार्यक्रममा बोल्दै गोल्छाले नेपाल विदुयुत् प्राधिकरणले अघोषित लोडसेडिङ गरेको भन्दै स्वीकार्य नहुने बताएका हुन ।


अघोषित लोडसेडिङ उद्योगहरूलाई स्विकार्य छैन । कोरोना महामारीले सिथिल बनेको अर्थतन्त्र केही लयमा फर्किन थालेको अवस्था थियो उनले भने, ‘तर पछिल्लो समय यस्तो लोडसेडिङले अर्थतन्त्र संकुचन तर्फ धकेलेको छ भने व्यवसायीहरूलाई थप समस्या निम्त्याएको छ । उद्योगीलाई अध्यारोमा राखेर देश उज्यालो बन्दैन ।’
निजी क्षेत्रको योगदान कुल अर्थतन्त्रको ७५ प्रतिशत रहेको भन्दै सरकारले निजी क्षेत्रका समस्या समाधान गर्न ध्यान दिनुपर्ने समेत बताएका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x