Date

शनि, मंसिर ८, २०८१
Sat, November 23, 2024

र्थड इमर्जीङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अर्वाड २०२१ यूनाइटेड इन्स्योरेन्सलाई

र्थड इमर्जीङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अर्वाड २०२१ यूनाइटेड इन्स्योरेन्सलाई


काठमाडौं, १९ वैशाख । छिमेकी मुलुक भारतको कलकत्तामा ३० अप्रिल २०२२ मा इन्डियन चेम्बर अफ कमर्सले आयोजना गरकोे एसिया स्थरको थर्ड इमर्जीङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अर्वाड २०२१ मा नेपालबाट वेस्ट जेनेरल इन्स्योरेन्स कम्पनी अफ द एअर अर्वाड बाट यूनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लिमिटेड सम्मानित भएको छ । उक्त अवार्ड ग्रहण गर्नका लागी कम्पनीको तर्फबाट कम्पनीका प्रमुख कार्यकारी अधिकृत उपासना पौडेल उक्त कार्यक्रममा उपस्थित हुनु भएको थियो ।


विश्व विख्यात प्राप्त चार्टर एकाउन्टेन्सी तथा कन्सल्टेन्सी संस्था पिडब्लूसिले स्वतन्त्र रुपमा मूल्यांकन गर्दा विभिन्न वित्तीय सुचाङ्कहरुमा उत्कृष्ट कार्यसम्पादन गर्न तथा निर्जीवन बीमा क्षेत्रमा महत्वपूर्ण योगदान दिन सफल यूनाइटेड इन्स्योरेन्सले उक्त अवार्ड प्राप्त गर्न सफल भएको हो । कम्पनी संचालनको २८ औं वर्षमा कम्पनीले गत एफवाई २०२० / २१ मा सर्वप्रथम १ अर्ब क्लबमा आफूलाई सामेल गराउन सफल भएको थियो ।
कम्पनीलाई सफलताको दिशामा अग्रसर गराउन सफल प्रमुख कार्यकारी अधिकृत उपासना पौडेलले इन्डियन चेम्बर अफ कमर्सलाई धन्यवाद दिदँैं उक्त सफलता हात पार्नका लागी साथ दिने कम्पनीको संचालक समितिका अध्यक्ष, संचालक समिति, शेयरधनी महानुभावहरु, ग्राहक महानुभावहरु, नियामक निकाय बीमा समिति तथा कोभिडको समयमा समेत अहोरात्र मिहिनेत गर्ने आफ्ना कर्मचारी साथीहरु तथा सञ्चार जगत लगायत सबैमा कृतज्ञता सहित हार्दिक धन्यवाद ज्ञापन गदै आगामी दिनहरुमा समेत सबैबाट साथ र सहयोग प्राप्त गर्ने आशा तथा विश्वास व्यक्त गर्नु भएको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x