Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

एन आई सी क्यापिटलको लगानी व्यवस्थापन सेवा अन्तर्गत “९९ प्रतिशत प्रोफिट योजना” सार्वजनिक

एन आई सी क्यापिटलको लगानी व्यवस्थापन सेवा अन्तर्गत “९९ प्रतिशत प्रोफिट योजना” सार्वजनिक

काठमाडौं, २३ वैशाख । एन आई सी एशिया क्यापिटलले “हजुरहरुको लगानी व्यवस्थापन एन आई सी एशिया क्यापिटलको साथमा, प्रोफिटको ९९ प्रतिशत हजुरको हातमा” भन्ने अभियान सहित शेयर बजारमा प्रवेश गर्न चाहने नयाँ लगानीकर्ताहरु तथा विदेशमा बसोबास गर्ने नेपालीहरुलाई शेयर बजारमा भित्राई समग्र शेयर बजारको विकास, विस्तार गर्न महत्वपूर्ण सहयोग पु¥याउने मुख्य उद्देश्यका साथ लगानी व्यवस्थापन सेवा अन्तर्गत सिमित अवधीको लागि “९९ प्रतिशत प्रोफिट योजना” संचालन गरेको छ ।

उक्त योजना अन्तर्गत क्यापिटलले सेवाग्राहीहरुलाई निःशुल्क लगानी व्यवस्थापन सेवा उपलब्ध गराउनुको साथै लगानी गरिएको रकमबाट प्राप्त मुनाफामा मात्र १ प्रतिशत पर्फमेन्श फि लिने बताइएको छ ।

यस ९९ प्रतिशत प्रोफिट योजना अन्तर्गतको सेवाले शेयर बजार सम्बन्धी ज्ञान नभएका नयाँ लगानीकर्ताहरु, लहैलहैमा शेयर बजारमा प्रबेश गरी राम्रो सँग आफ्नो पोर्टफोलियो व्यवस्थापन गर्न नसकिरहेका लगानीकर्ताहरु, शेयर बजार सम्बन्धी ज्ञान तथा बजारबाट प्राप्त गर्ने अवसरको बारेमा राम्रो जानकारी हुँदाहुदै पनि समय अभावको कारणले गर्दा लगानी गर्न नसकिरहेका व्यक्ति तथा संस्थाहरुले लाभ लिन सक्ने क्यापिटलले बताएको छ ।

साथै, उक्त सेवा लिने सेवाग्राहीहरुलाई शेयर बजार सम्बन्धी राम्रो ज्ञान, दक्ष तथा अनुभवी कर्मचारीहरुको समूहबाट सुक्ष्म रुपमा बजारको अध्ययन गरी लगानी गर्ने सम्बन्धी निर्णय गर्ने जसले गर्दा बजारमा आउने उतार चडावबाट सेवाग्राहीहरुले उचित लाभ लिन सक्ने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x