Date

बिहि, बैशाख ६, २०८१
Thu, April 18, 2024

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई विभिन्न स्थानहरुमा ४५ प्रतिशत सम्मको विशेष छुट

बैंक अफ काठमाण्डूका ग्राहकहरुलाई विभिन्न स्थानहरुमा ४५ प्रतिशत सम्मको विशेष छुट

काठमाडौं, २३ वैशाख । बैंक अफ काठमाण्डू लिमिटेडले आफ्ना कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुलाई देशका विभिन्न स्थानहरुमा ४५ प्रतिशत सम्मको छुट उपलब्ध गराउन विभिन्न होटल, रेस्टुरेन्ट, बुटिक, जिम÷फिटनेस सेन्टर, अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिकहरुसंग सम्झौता गरेको छ ।

सम्झौता पश्चात् बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ताहरुले होटल तथा रेस्टुरेन्ट अन्र्तगत पर्पल हज रेष्ट्रो एण्ड गार्डेन, एयरपोटचोक, विराटनगरमा १५ प्रतिशत, मिठो रेष्टुरेन्ट एण्ड थकाली किचेन, वित्र्तामोडमा १० प्रतिशत, नोबेल होटेल एण्ड स्विमिङ्ग कम्पेलेक्स, इमाडोलमा १० प्रतिशत, मिटीङ्ग पोइन्ट रेष्टुरेन्ट एण्ड बार, वित्र्तामोडमा ५ प्रतिशत, होटेल अर्थ लाईट, सौरहा, चितवनमा २० प्रतिशत, चिकेन स्टेसन, इमाडोलमा १० प्रतिशत तथा सोल्मारी रेष्ट्रो एण्ड मिटीङ्ग, इमाडोलमा १५ प्रतिशत को छुट पाउने भएका छन ।

अस्पताल, फार्मेसी तथा डेन्टल क्लिनिक अन्र्तगत मेडिसिटी फार्मेशी, वित्र्तामोडमा १० प्रतिशत, रामजानकी हस्पिटल, जनपुरमा १५% तथा नमो मनकामना डेन्टल एण्ड किलिनीक, इमाडोलमा २५ प्रतिशतको छुटको ब्यवस्था रहेको बताइएको छ ।

साथै, बुटिक अन्र्तगत बैंकका कार्ड तथा मोबाईल बैंकिङ्ग प्रयोगकर्ता महानुभावहरुले विराटनगरको पिपलचोकमा रहेको तनास्वा फेसन स्टुडियो मा १५ प्रतिशत छुट पाउने जनाइएको छ । जिम÷फिटनेस सेन्टर अन्र्तगत सेप्स फिटनेश जिम, ढल्कोमा विभिन्न योजनाहरुमा ४५ प्रतिशत सम्मको छुट रहेको छ बैंकले बताएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x