निर्वाचनमा खटिएका सुरक्षाकर्मी र म्यादी प्रहरीको मृत्यु भएमा उनिहरुका परिवारले २० लाख रुपैयाँ पाउने
काठमाडौं, २५ वैशाख । सरकारले स्थानीय तह निर्वाचनको सुरक्षामा खटिने सुरक्षाकर्मीको मृत्यु भएमा निजको परिवारलाई २० लाख रूपैयाँ सहायता स्वरुप दिने निर्णय गरेको छ ।
आइतबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको सुरक्षामा खटिने म्यादी प्रहरीसहितका सुरक्षाकर्मीको मृत्यु भएमा आश्रित परिवारलाई २० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । उक्त प्रस्ताव गृहमन्त्री बालकृष्ण खाणले मन्त्रिपरिषदमा लागेका थिए ।
‘निर्वाचन सुरक्षामा खटिएको समयमा सुरक्षाकर्मी ९नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, राष्ट्रिय अनुसन्धान विभाग० तथा म्यादी प्रहरीको मृत्यु भएमा उनीहरुको आश्रित परिवारलाई २० लाख आर्थिक सहायता उपलब्ध गराउने,’ मन्त्रीपरिषद् बैठकको निर्णय भएको छ ।
त्यस्तै बैठकले निर्वाचनको क्रममा घाइते भएका सुरक्षाकर्मी तथा म्यादी प्रहरीको उपचारमा लागेको खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ ।
बैंठकले हिमाली जिल्लामा खटिने म्यादी प्रहरीलाई प्रहरी जवान सरह जिल्लागत दररेट अनुसार रासनभत्ता उपलब्ध गराउने निर्णयसमेत गरेको छ ।