Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

बजेटमा अवसर दिनुपर्ने पर्यटन व्यवसायीको माग

बजेटमा अवसर दिनुपर्ने पर्यटन व्यवसायीको माग

काठमाडौं, २५ वैशाख । झन्डै १८ महिना ठप्प जस्तै रहेको पर्यटन क्षेत्र पर्यटन क्षेत्र चलायमान हुन थालेको छ । पर्यटनसँग जोडिएको सबै गतिविधि खुला भएकाले आगामी बजेटमा पर्यटन क्षेत्रमा अवसर दिनुपर्ने सो क्षेत्रका व्यवसायीले माग राखेका छन् । पर्यटन विकासका लागि भन्दै व्यवसायीहरूले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले गठन गरेको पर्यटन पुनउत्थान समितिलाई पनि सुझाव समेत दिएका छन् ।

आज संसारका सबै मुलुकलाई पर्यटक चाहिएकोले एकदम छोटो समयमा आर्थिक समृद्धिका लागि समर्थन गर्न व्यवसायीले सरकारसँग माग समेत राखेको नेपाल होटल संघका वरिष्ठ उपाध्यक्ष विनायक शाहले जानकारी दिए । उनले कोरोनाले बिगारेको अर्थतन्त्रलाई सुधारका लागि सबै देशले पर्यटनलाई नै पहिलो प्राथमिकतामा राखेकाले अन्तर्राष्ट्रियस्तरमा नै सीमित पर्यटकलाई हामीप्रति कसरी आकर्षित गर्ने भन्ने विषय नै अगाडि सारिएको दाबी गरे ।

उनले भने, ‘यस्तो उपयुक्त सयममा हाम्रो बजेट आउन लागेको छ। बजेट छलफल सुरु भएको छ, यसका लागि सबैभन्दा पहिलो त हामी अब कसरी अगाडि बढ्ने भन्ने कार्यनीति तथा कार्यदिशा स्पष्ट हुनु पर्छ र आउनु पर्छ ।’

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x