Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

माथिल्लो दोर्दी ‘ए’ संरचना परीक्षण सुरु

माथिल्लो दोर्दी ‘ए’ संरचना परीक्षण सुरु

काठमाडौं, २५ वैशाख । लमजुङमा निर्माण सम्पन्न चरणमा पुगेको माथिल्लो दोर्दी ए जलविद्युत आयोजनाको संरचना परीक्षण सुरु भएको छ । २५ मेगावाट क्षमताको सो आयोजनामा शुक्रबारदेखि टनेल पाइपमा पानी हालेर संरचना परीक्षण सुरु भएको हो ।


गत असारमा आएको बाढीले क्षति पु(याएको सो आयोजनामा मर्मतसँगै संरचना परीक्षण पनि सुरु गरिएको आयोजना प्रवद्र्धक राजेन्द्र वस्तीले बताए । आयोजनामा बाढीले क्षति पु(याएको डिसेन्डरमा मर्मत कार्य जारी रहेको र वैकल्पिक नहरको व्यवस्था गरी टनेल पाइपमा पानी हालिएको वस्तीले बताए । प्रवद्र्धक वस्तीका अनुसार वैशाख महिनाभरि टनेल संरचना परीक्षण गरिने र जेठ लागेसँंगै विद्युतगृहको संरचना परीक्षण हुनेछ । विद्युतगृहको संरचना परीक्षण गरी जेठ महिनाभित्रै विद्युत उत्पादन गर्ने लक्ष्य रहेको प्रवद्र्धक वस्तीले बताए ।


हाल दोर्दी करिडोरमा निर्माणाधीन १३२ केभी राष्ट्रिय प्रसारणलाइन पनि निर्माणाधीन रहेकाले व्यावसायिक विद्युत उत्पादनका लागि भने केही समय लाग्ने आयोजनाले जनाएको छ । राष्ट्रिय प्रसारणलाइन निर्माणको काम सम्पन्न भएसँगै सो आयोजनाबाट व्यावसायिक विद्युत उत्पादन हुने भएको छ । यसअघि निर्माण सम्पन्न भइसकेर टनेलसमेत परीक्षण भएको सो आयोजनामा गतवर्षको असारमा आएको बाढीले आयोजनाको बाँध क्षेत्रमा क्षति पु(याएको थियो । बाढीले बाँधक्षेत्रका अधिकांश भाग पुरिनुका साथै संरचनामा क्षति पु(याएपछि त्यसको मर्मत जारी रहेको छ ।


संरचना निर्माणको काम सम्पन्न गरीसकेको उक्त आयोजनाले गत जेठ महिनाभित्रै व्यावसायिक विद्युत उत्पादन गर्नेगरी परीक्षण तयारी गरेको थियो । तर बाढीले संरचनामा क्षति पु(याएपछि पुनः विद्युत उत्पादनको समय थप एक वर्ष लम्बिएको छ । अघिल्लो वर्ष पनि दोर्दी खोलामा आएको बाढी र त्यसपछि विश्वव्यापी कोरोना भाइरस संक्रमण जोखिमसँगै सरकारले जारी गरेको लकडाउनको प्रभावका कारण निर्माण अवधि लम्बिएको थियो । बाढीकै कारण दोर्दी करिडोर १३२ केभी राष्ट्रिय प्रसारणलाइन पनि पुनः ढिलाइ भएको हो ।


लिबर्टी इनर्जी हाइड्रोपावरद्वारा प्रवद्र्धित लमजुङको दोर्दी गाउँपालिका–६, ढोडेनीमा निर्माणाधीन सो आयोजनामा हेडवक्र्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकल लगायत अन्य संरचना निर्माणको काम यसअघि नै सम्पन्न भइसकेको थियो । २०७१ साल असोजबाट निर्माण थालिएको सो आयोजना २०७४ सम्म व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य राखिए पनि पटक–पटक निर्माण कार्य प्रभावित हुँदै आएको छ ।
आयोजनाबाट उत्पादित विद्युत दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मस्र्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनमा जोडिने छ । आयोजनाको बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युतगृहमा पु(याई विद्युत उत्पादनको तयारी गरिएको छ ।


२०७४ सालमै निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र अघिल्लो वर्षको भदौमा आएको बाढीका कारण पनि निर्माण अवधि लम्बिएको आयोजनाले जनाएको छ । रन अफ रिभर प्रविधिमा बनेको सो आयोजनाको चार अर्ब ६३ करोड भन्दा बढी रकम लागत रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x