सिन्डिकेट हटाउने सरकारको निर्णयको स्वागत गर्दै रिहा भए व्यावसायी
काठमाडौं, २४ वैशाख । यातायात व्यावसायी राष्ट्रिय महासंघका अध्यक्ष योगेन्द्र कर्माचार्यसहित पदाधिकारीहरु सरकारको निर्णयको स्वागत गर्दै जेलबाट छुटेका छन् । शुक्रबार सरकारको निर्णयको विरोधमा सार्वजनिक यातायात ठप्प बनाउन अपिल गर्ने महासंघका पदाधिकारीहरुलाई प्रहरीले शुक्रबार र शनिबार पक्राउ गरेको थियो । सरकारको नीति अनुकुल सार्वजनिक यातायात दर्ता गरी चलाउने र सिण्डिकेट हटाउने सरकारको कदमको समर्थन गर्ने प्रतिवद्धताका आधारमा उनीहरु रिहा भएका हुन् ।
(यातायात व्यवसायीसँगको करारनामा नेपाललाइभ डट कमबाट लिइएको हो ।)