Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सेयर बजारमा १२ अंकको गिरावट

सेयर बजारमा १२ अंकको गिरावट

काठमाडौं, २३ बैशाख । साताको पहिलो कारोबार दिन आज सेयर बजार १२.५१ अंकले घटेर १३५३.६४ बिन्दुमा झरेको छ ।

आज करोबारमा आएका परिसूचक मध्ये फाइनान्स समूह ०.०६ अंकले बढेपनि अन्य सबै समूहको परिसूचक घटेको छ । बैंकिङ समूह ११.५५, होटल समूह ३१.०७, विकास बैंक समूह १३.४३, जलविद्युत समूह १९.८१, बीमा समूह ६८.३२, उत्पादन मूलक समूह ८.६६, अन्य समूह ६.६१ र माइक्रोफाइनान्स समूह ७.५४ अंकले घटेको छ ।

सो दिन १६० कम्पनीको ८ लाख ४३ हजार कित्ता सेयर ३६ करोड १६ लाख रुपैयाँमा कारोबार भयो । जसमा एभरेष्ट बैंकको प्रमोटर सेयर लगानीकर्ताले ७.७६ प्रतिशतले कमाए भने सांग्रिला डेभलपमेन्ट बैंकका लगानीकर्ताले ६.२५ प्रतिशतले गुमाए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x