Date

शुक्र, चैत्र १६, २०८०
Fri, March 29, 2024

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष गुरङ्गद्वारा सपथ ग्रहण

राष्ट्रिय वाणिज्य बैंकका नवनियुक्त अध्यक्ष गुरङ्गद्वारा सपथ ग्रहण

काठमाडौं, २३ बैशाख । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको संचालक समितिका नवनियुक्त अध्यक्ष महेन्द्रमान गुरुङ्गले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरन्जीबी नेपाल समक्ष सपथ ग्रहण गरेका छन् । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ को दफा १२७ को उपदफा १ वमोजिम उनले आईतबार पद तथा गोपनीयताको सपथ लिएका हुन ।

अध्यक्ष गुरुङ्ग नेपाल सरकार संचार मन्त्रालयका सचिव हुन । सो कार्यक्रममा नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेल, राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ लगायत अन्य कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x