Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

चिलिमे जलविद्युतको विद्युत बिक्री आम्दानी करिब स्थिर

चिलिमे जलविद्युतको विद्युत बिक्री आम्दानी करिब स्थिर

काठमाडौं, २६ वैशाख । चिलिमे जलविद्युत कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा करिब स्थिर रहेको छ ।


चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ५२ करोड २० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२४ प्रतिशत मात्र बढी हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ५१ करोड ५६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।


समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी १.७६ प्रतिशत बढेको छ । त्यसैगरी, कम्पनीको वित्तीय आम्दानी २०.२४ प्रतिशत बढेको छ । समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा १.५६ प्रतिशत घटेको छ भने अन्य आम्दानी ८८.५३ प्रतिशत घटेको छ ।


कम्पनीको चुक्ता पूँजी ७.५० प्रतिशत बढेको छ भने रिटेन्ड अर्निङ्ग ४।२७ प्रतिशत घटेको छ ।
नाफा सामान्य बढेपनि कम्पनीको प्रतिशेयर आम्दानी भने घटेको छ । समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ६४ पैसा घटेर १० रुपैयाँ ३१ पैसामा झरेको छ । चुक्ता पूँजीको तुलनामा खुद नाफा बढाउन नसक्दा कम्पनीको प्रतिशेयर आम्दानी घटेको हो ।


चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १५० रुपैयाँ ३४ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २९.४ गुणा रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x