एनसीसी बैंकको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं, २६ वैशाख । नेपाल क्रेडिट एण्ड कमर्स बैंक चौतारा शाखाले सामाजिक उत्तरदायित्वअन्तगत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको छ ।
चौतारा सागाचोकगढी ७ सानो सिरुवारी स्थित सिद्घिगणेश माध्यमिक विद्यालयमा भएको कार्यक्रममा बचतको महत्व, बचत गरेको रकम बैकमा खाता खोली जम्मा गर्नुको महत्वलगायत विषयमा जानकारी दिइएको थियो ।
त्यसैगरी ऋण लिने कारणहरु, व्यवसायका लागि लिइने कर्जा, बिमा, पारिवारिक बजेटको महत्वलगायतका विषयमा जानकारी दिइएको छ ।