Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

ब्रोकरलाई छुट्टै टीएमएस सञ्चालनको बाटो खुल्यो

ब्रोकरलाई छुट्टै टीएमएस सञ्चालनको बाटो खुल्यो

काठमाडौं, २६ वैशाख । धितोपत्र ब्रोकर व्यवसायी कम्पनीले छुट्टै कारोबार व्यवस्थापन प्रणाली ९टीएमएस० सञ्चालन गर्न पाउने भएका छन ।
धितोपत्र बोर्डले ‘धितोपत्र कारोबार सञ्चालन विनियमावली( २०७५’ पारित गरेसँगै ब्रोकर कम्पनी आफैले टीएमएस सञ्चालन गर्न सक्ने भएका हुन् । गत साता बोर्डको सञ्चालक समितिले विनियमावली पारित गरी नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०मा पठाएको थियो ।

अहिले ब्रोकर कम्पनीहरुले वाइको कम्पनीले बनाएका टीएमएस सञ्चालन गरिरहेका छन् । विनियमावली कार्यान्वयमा आएपछि ब्रोकर कम्पनी आफैले योग्य कम्पनीबाट टीएमएस ल्याउन सक्नेछन् ।


विनियमावलीमा कारोबार व्यवस्थापन प्रणाली र विद्युतीय कारोबार प्रणाली सञ्चालन र मर्मतको काम एउटै कम्पनीले गर्ने नपाउने व्यवस्था छ ।
अहिले वाइकोले नट्सको मर्मत सम्भार तथा टीएमएस सञ्चालन गरिरहेको छ । विनियमावली कार्यान्वयनमा आएपछि वाइकोले टीएमएस बनाउन पाउने छैन । तर यदि वाइकोले पनि टीएमएस सञ्चालन गर्ने हो भने अन्तर्राष्ट्रिय संस्थासँग आबद्ध गर्नुपर्ने छ ।

संशोधन गरिएको विनियमावलीमा ‘एउटा स्टक एक्सचेन्जमा आबद्ध भएर १० कारोबार सदस्य वा स्टक ब्रोकरले प्रयोग गरेको प्रणाली मात्रै ब्रोकर कम्पनीले प्रयोग गर्नुपर्ने व्यवस्था’ छ । वाइको कम्पनी नेप्सेको अनलाइन कारोबार प्रणालीका लागि भेण्डर कम्पनी मात्रै हो ।


मापदण्डमा टीएमएस विकासकर्ता कम्पनीसँग ५ वर्षको कार्य अनुभव भएको, विगत तीन वर्षयता लगातार वार्षिक औसतमा ७ करोडको कारोबार गरेको कम्पनी हुनुपर्ने छ । साथै, विदेशी कम्पनीले नेपालमा कारोबार व्यवस्था प्रणाली विकास गर्ने हो भने स्थानीय प्रतिनिधि नियुक्त ९कुनै संस्था वा कम्पनी० गरेको हुर्नुपर्ने उल्लेख छ ।


त्यस्तो कम्पनीको चुक्ता पुँजी १ करोड भएको र तीन वर्षको कार्य अनुभव भएको पनि हुनुपर्ने छ । विनियमावलीमा सफ्टवयर विकास गर्न सक्ने र मर्मत सम्भार गर्न सक्ने दक्ष जनशक्ति हुनुपर्ने पनि उल्लेख छ ।

यो विनियमावली नेप्सेले तोकेको मितिदेखि लागू हुने छ । नेप्सेको सञ्चालक समितिले पारित गरेपछि कार्यान्वयनमा आउने छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x