कोका–कोलाले मनायो १३६ औं वार्षिकोत्सव
काठमाडौँ, २७ वैशाख । ८ मे १८८६ मा जर्जियाको डाउनटाउन एटलान्टा स्थित एक सोडा फाउन्टेनबाट सुरु भएको कोका–कोला कम्पनीले आफ्नो १३६ औँ वार्षिकोत्सव मनाएको छ ।
यसको उत्पादनको परिकल्पना एट्लान्टा फर्मासिस्ट डा. जोन एस पेम्बर्टनले यो स्वादिस्ट पेय पदार्थको उत्पादन सुरु गरेका हुन् ।
कोका–कोला, कोका–कोला जेरो सुगर, फ्यान्टा, स्प्राइट र किन्ले लगायतका पेय पदार्थहरू उत्पादन गर्दै आएको कोका–कोलाले नेपाल मा करिब ५ दशक अघि बालाजुको (बोटलर्स नेपाल लिमिटेड) र भरतपुरको (बोटलर्स नेपाल तराई लिमिटेड) मा दुई प्लान्ट स्थापना गरी आफ्नो व्यवसाय सन्चालन गरेको थियो ।
नेपाली उपभोक्ताहरुसंगको आफ्नो सम्बन्ध बलियो बनाउन प्रतिबद्ध कोका–कोलाले नेपालमा पेयपदार्थका किफायती विकल्पहरु उपलब्ध गराउँदै उनीहरुलाई आफ्नो आवश्यकता अनुसारको प्याकहरू छनोट गर्न सजिलो बनाएको छ । यसै सिलसिलामा कोका–कोलाले सन् २०१९ मा आफ्नो सबैभन्दा सानो र पोर्टेबल कान्छु प्याक लन्च गरेको थियो, जुन १७५ मिलिको आरजिबि बोतलमा रु.२५ मा उपलब्ध रहेको थियो । नेपाली उपभोक्ताहरुसँगको आफ्नो सम्बन्ध अझै आत्मीय बनाउनको लागि यस प्याकको लोगो पनि नेपालीमै छापिएको थियो । त्यस्तै विश्वव्यापी रुपमा सञ्चालन गरिएको कोक एन्ड मिलको नेपाली संस्करणको रुपमा मोःमोत्सव पनि विगत ७ वर्षदेखि नेपालमा सन्चालन गर्दै आएको बताइएको छ ।
आफ्नो “ वर्ल्ड विदाउट वेष्ट“ को विश्व–व्यापी उद्धेश्यलाई साकार पार्न आफ्ना हरेक उत्पादन प्रकृयामा प्लास्टिकको प्रयोग कम गर्दै आए
को छ । साथै रिड्युस्, रिप्लेनिस र रि–युज सहितको आफ्नो पानी कम गर्ने रणनितिको सफल कार्यन्वयनको परिणाम स्वरुप वाटर न्युट्रल कम्पनीको रुपमा स्थापना भएको छ । त्यस्तै , आफ्नो सिस्टममा आवद्ध महिलाहरुलाई सशक्त बनाउने उद्देश्य सहित यसले सक्षम थिमको रिटेल तालिम सन्चालन गरेको थियो जस अन्तर्गत २०२२ को अन्त्य सम्म खुद्रा पसल र साना खाजा घरहरु सन्चालन गर्दै आएका १००० जना महिलाहरुलाई व्यावसायिक तालिम प्रदान गर्ने लक्ष्य लिएको सो कम्पनीले बताएको छ ।