Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुग्यो

सबै मतदान केन्द्रमा कर्मचारी र सामग्री पुग्यो

काठमाडौं, २८ वैशाख । स्थानीय तह निर्वाचन २०७९ का लागि देशभरका ७५३ पालिकाका सबै मतदान केन्द्रमा मतदान सामग्री पुगेको छ । निर्वाचन कार्यक्रमबमोजिम वैशाख ३० गते हुने मतदानभन्दा तीन दिनअघि पुग्नुपर्ने भएकाले ७५३ पालिकाका १० हजार ७५६ मतदान स्थलमा मतदान अधिकृतसहितको सामग्री पुगेको निर्वाचन आयोगले जनाएको छ ।

वैशाख २७ गते २१ हजार ९५५ वटै मतदान केन्द्रमा मतदान अधिकृत पुगिसकेका छन् । देशभरका मतदान केन्द्रमा एक लाख नौ हजार ८८ कर्मचारी र ६५ हजार ८६५ स्वयंसेवक परिचालन हुनेछन् ।

मौन अवधि मङ्गलबार मध्यरातिबाट सुरु भएको छ । त्यसअघि मतदान अधिकृतले सोही दिन मतदान केन्द्र तोकिएको सूचना प्रकाशित गर्नेसहित पाँचवटा अनुसूचीबमोजिमको गतिविधिलाई पूर्णता दिएका छन् । निर्देशिका अनुसार मतदान केन्द्र÷मतगणना स्थल रहेको ठाउँको वरिपरि हातहतियार लिएर हिँड्न निषेध गरेको, प्रचारप्रसार गर्न निषेध गरेको, मतदान केन्द्र रहेको ठाउँको वरिपरि शान्ति भङ्ग नगर्न , मादक पदार्थ बिक्री वितरण र सेवन गर्न निषेध गरिएको सूचना प्रकाशित गरेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x