Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

मतदानका लागि काठमाडौं उपत्यका छाड्दै नागरिक

मतदानका लागि काठमाडौं उपत्यका छाड्दै नागरिक

काठमाडौं, २८ वैशाख । विभिन्न कामले काठमाडौं उपत्यकामा रहेका नागरिक स्थानीय तह निर्वाचनका लागि जिल्लामा फर्कने क्रम बढेको छ। काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार विगत केही दिनदेखि उपत्यकाबाट जिल्ला फर्कने क्रम बढेको छ।

मतदाता नामावली जिल्लामा रहेकाले वैशाख ३० गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन्। अहिले औसतमा दैनिक १० देखि १५ हजार मानिसले उपत्यका छाडिरहेका छन्।

अघिपछि दैनिक भित्रिने र बाहिरिने मानिसको सङ्ख्या बराबरजस्तै हुने गरेकामा अहिले भने १० देखि १५ हजार बढी बाहिरिएका छन्। यसमा निजी गाडी र रिजर्भ गाडीमा गएका यात्रुको सङ्ख्या भने जोडिएको छैन।

कतिपय नागरिक निजी गाडी तथा सार्वजनिक सवारी साधनमा जिल्ला गइरहेका छन् भने कतिपय नागरिक उम्मेदवार र राजनीतिक दलका झण्डा र चुनाव चिह्नसहित रिजर्भ गाडीमा गइरहेका पनि देखिएको छ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x