Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्रधानमन्त्री देउवाले गरे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

प्रधानमन्त्री देउवाले गरे गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको उद्घाटन

काठमाडौं, २ जेठ । प्रधानमन्त्री शेरबहादुर देउवाले गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सोमबार उद्घाटन गरेका छन । करिब ७२ वर्षपछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको हो । उनले विमान कम्पनीलाई उडान भर्न आग्रह गर्दै गौतम बुद्धलाई हब बनाउन आग्रह गरेका छन ।


देउवाले विमानस्थल संचालनसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम हुने बताउँदै आन्तरिक र अन्तर्राष्ट्रिय पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताएका छन । गौतम बुद्ध तात्कालिन प्रधानमन्त्री मातृका कोइरालाबाट शिलान्यास भएको अन्तर्राष्ट्रिय विमानस्थल संचालनमा आएको अवसरमा उहाँलाई सम्झिएर धन्यवाद दिएका थिए ।


पर्यटनमन्त्री प्रेमबहादुर आलेले विमानस्थल संचालनमा आएपछि मुलुकको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताएका थिए । उनले गौतम बुद्धमा उडान भर्ने हवाई कम्पनीलाई सेवा शुल्कमा विशेष छुट दिने समेत बताए ।


यो विमानस्थल निर्माणका लागि एसियाली विकास बैंक, निर्माता कम्पनी नर्थ वेस्ट सिभिललाई उनले धन्यवाद दिए । आलेले विमानस्थलमा उडानका लागि भारत सरकारको समेत सहयोग हुने अपेक्षा गरे । गृहमन्त्री बालकृष्ण खाँणले विमानस्थल संचालनमा आएपछि रुपन्देहीसँगै देशकै अर्थतन्त्रमा टेवा पुग्ने बताएका छन ।

सोमबारबाट काठमाडौं र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थल २४ घण्टा सन्चालनमा आउने भएको बताइएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीले दुई विमानस्थल २४ घण्टा संचालनमा आउने बताएका हुन ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x