Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नबिल र एनबि बैंक मर्जर रोक्न परेको रिट कामु प्रधानन्यायाधीश सहितको इजलासमा

नबिल र एनबि बैंक मर्जर रोक्न परेको रिट कामु प्रधानन्यायाधीश सहितको इजलासमा


काठमाडौं, ३ जेठ । नबिल बैंक र नेपाल बंगलादेश ९एनबि० बैंकबीचको मर्जर रोक्न परेको रिटको सुनुवाइ कामु प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासमा परेको छ ।


एकल इजलासले तत्काललाई मर्जर जुन अवस्थामा छ, त्यही अवस्थामा राख्नु भनेर आदेश दिएको थियो । दुवै पक्षको कुरा सुन्नका लागि मंगलबारका लागि संयुक्त इजलास डाकिएको थियो । इजलासले अन्तरिम आदेश दिएमा तत्कालका लागि मर्जर हुने छैन । यदि अन्तरिम आदेश नदिएमा प्रकृया अगाडि बढ्ने छ ।


लक्ष्मीबहादुर श्रेष्ठ समूहको कम्पनी दिवेश्वरी इन्भेष्टमेन्ट प्रालि र नेपाल पावर डेभलपमेन्ट एण्ड इन्भेष्टमेन्ट कम्पनीले दुई छुट्टाछुट्टै रिट अदालतमा हालेका थिए । कम्पनीले हालेको रिटमा एकल इजलासले मंगलबारसम्मका लागि मर्जर प्रकृया रोक्न आदेश दिएको थियो ।
दुवै संस्थालाई मर्जरका लागि राष्ट्र बैंकले सैद्धान्ति स्वीकृति दिइसकेको छ । अन्तिम स्वीकृति लिनुअघि दुवैले विशेष साधारणसभा डाकेका छन्। अदालतको आदेशपछि अहिलेलाई मर्जर प्रकृया स्थगित भएको बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x