गण्डकी प्रदेशको बजेट अधिवेशन जेठ ११ देखि
काठमाडौं, ६ जेठ । गण्डकी प्रदेशसभाको बैठक जेठ ११ गतेदेखि बस्ने भएको छ । प्रदेश प्रमुख पृथ्वीमान गुरुङले ११ गते दिउँसो १ बजेका लागि बैठक आह्वान गरेका हुन् ।
विहिबार बसेको प्रदेश मन्त्रीपरिषद् बैठकले संसद बोलाउन प्रदेश प्रमुखलाई सिफारिस गरेको थियो । जेठ १२ गते बजेटका सिद्धान्त तथा प्राथमिकता पेस गर्ने तयारी सरकारले गरेको छ ।
बजेटका सिद्धान्त तथा प्राथमिकतामाथि छलफल सकिएपछि नीति तथा कार्यक्रम प्रस्तुत हुनेछ । संविधानतः असार १ गते प्रदेश सरकारको बजेट प्रस्तुत हुनुपर्छ ।