Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

नीति तथा कार्यक्रमबारे बालुवाटारमा छलफल

नीति तथा कार्यक्रमबारे बालुवाटारमा छलफल

काठमाडौं, ८ जेठ । सरकारले ल्याउने नीति तथा कार्यक्रमको बारेमा छलफल गर्न सत्ता गठबन्धनको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु भएको छ ।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीका शीर्ष नेताहरू बैठक बसिरहेका छन् ।

गठबन्धन सरकारको नीति तथा कार्यक्रम यही जेठ १० गते मंगलबार संघीय संसद्मा पेश हुने छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले त्यसदिन संघीय संसद्को संयुक्त बैठकमा आगामी आवको नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछिन् ।

त्यसदिन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक संयुक्तरूपमा बोलाइएको छ । अपराह्न ४ बजेका लागि बोलाइएको बैठकका नीति तथा कार्यक्रम पेश हुनेछ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x