Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

वाग्लेको नयाँ किताब ‘अतृप्त अवसर’ सार्वजनिक

वाग्लेको नयाँ किताब ‘अतृप्त अवसर’ सार्वजनिक

काठमाडौं, ८ जेठ । योजना आयोगका पूर्व उपाध्यक्षस्वर्णिम वाग्लेको नयाँ किताब ’अतृप्त अवसर’ सार्वजनिक भएको छ ।

फाइनप्रिन्ट प्रकाशनले अर्थशास्त्री समेत रहेका वाग्लेको नयाँ किताब सार्वजनिक गरेको हो ।

राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्षसमेत रहेका वाग्लेको किताब काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको छ ।

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य डा उषा झा, नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापा र लेखक वाग्लेले किताब विमोचन गरेका हुन् ।

वाग्लेको यो किताब सममासायिक विषयमा लेखिएका अखबारी लेख तथा अन्तर्वार्ताको संगालो हो ।

२०७४ सालमा तत्काली नेकपाका अध्यक्ष केपी शर्मा ओली नेतृत्वमा सरकार बनेपछिको अवस्थामा देशका आर्थिक, प्रशासनिक तथा राजनीतिक विषयमा रहेर लेखिएका लेखहरुलाई एकीकृत गरि पुस्तकको रुप दिइएको लेखक वाग्लेले जानकारी दिए ।

‘केपी नेतृत्वको सरकारले राजनीतिक रुपमा अनुकूल वातावरण पाएको थियो। त्यस्तो अवसर नेपालमा बिरलै सरकारले पाउँछन्, त्यस्तो समयमा पनि देखिएका शासकीय असक्षमतालाई झल्काउने लेखहरु किताबमा समावेश छन्’ उनले भने ।

किताबमा तत्कालीन मसयमा विषयमा मात्र नभएर रणनीतिक तथा दीर्घकालीन विषयमा गरिएको विश्लेषणात्मक सामग्री पनि समावेश भएको वाग्लेको भनाइ छ ।

किताबमा नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले भूमिका लेखेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x