Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

निजी क्षेत्रलाई पनि इन्धन आयात गर्न दिने विषयमा छलफल हुँदै छ : उद्योगमन्त्री बडू

निजी क्षेत्रलाई पनि इन्धन आयात  गर्न  दिने विषयमा छलफल हुँदै छ : उद्योगमन्त्री  बडू

काठमाडौं, ८ जेठ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले पेट्रोलियम पदार्थको कारोबार प्रतिस्पर्धी बनाउन निजी क्षेत्रलाई पनि इन्धन आयात गर्न दिने विषयमा छलफल भइरहेको बताएका छन् । अहिले नेपाल आयल निगमले मात्रै नेपालमा इन्धन आयात र बिक्री(वितरण गर्दै आइरहेको छ ।


नेपाल उद्योग वाणिज्य महासंघले आर्थिक स्थायित्व विषयमा गरेको छलफलमा मन्त्री बडूले आयल निगमलाई प्रतिस्पर्धी गराउन निजी क्षेत्रलाई पनि इन्धन कारोबार गर्न दिनुपर्ने बताए । “पेट्रोलियम पदार्थको बिक्री वितरण निजी क्षेत्रलाई पनि दिनुपर्छ भन्ने कुरा उठिरहेको छ । प्रतिस्पर्धा गराउनुपर्ने हो कि ! नेपाल आयल निगमलाई पनि मूल्यमा प्रतिस्पर्धी बनाउनुपर्ने विषय आएको छ” उनले भने ।

इन्धन जतिमा किन्छौँ त्यतिमा नै बेच्नुपर्ने उनले बताए । इन्धनमा दिएको सहुलियत स्वदेशी उत्पादन बढाउन दिनुपर्ने उनको भनाइ छ । “आयातित वस्तुमा सहुलियत दिन सकेसम्म रोक्नुपर्छ भन्ने मान्यता अगाडि बढेको छ । यो हिजो पनि अगाडि बढेको थियो” उनले भने ।
उनले इन्धन खपत कम गराउने विकल्प खोज्नुपर्ने भन्दै तत्कालको विकल्प विद्युत्को प्रयोग नै बढाउनुपर्ने बताए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x