३४.२१ अंकले घट्यो शेयर बजार, १ अर्ब ३६ करोडको कारोबार
काठमाडौं, ९ जेठ । साताको पहिलो कारोबार सोमवार दिन शेयरबजार ३४.२१ अंकले घटेको छ । यस दिन नेप्से परिसूचक १.५३ प्रतिशतले घटेर २२००.८८ अंकमा आइपुगेको छ ।
यस दिन २२४ वटा कम्पनीको ३९ लाख १७ हजार ६५५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ३६ करोड ९५ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ । यस दिन कारोबारमा आएका सबै समूहको उपसूचक घटेका छन् ।
घटेको बजारमा गुराँस लघुवित्त वित्तीय संस्थाको शेयरमूल्य सर्वाधिक ६.२ प्रतिशतले बढेको छ । यस्तै सर्वाधिक शेयरमूल्य गुमाउनेमा महिला लघुवित्त वित्तीय संस्थाको ५.८९ प्रतिशतले ह्रास आएको छ । यस दिन सबैभन्दा धेरै कारोबार भने नबिल बैंकको ४ करोड १५ लाख रुपैयाँभन्दा बढीको भएको छ ।