सहकारीको डिजिटल रुपान्तरणका लागि महासंघले ग¥यो इन्फोडेभलपर्ससँग साझोदरी
काठमाडौं, ९ जेठ । राष्ट्रिय सहकारी महासंघले सहकारीको डिजिटल रुपान्तरणका लागि इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गर्न सोमबार सम्झौता गरेको छ ।
सहकारी व्यवसायलाई मर्यादित र पारदर्र्शी बनाउँदै सुशासन कायम गर्न प्रविधिको भूमिका अपरिहार्य भएकाले इन्फोडेभलपर्ससँग रणनीतिक साझेदारी गरेको महासंघका अध्यक्ष मिनराज कँडेलले बताएका छन । उनले भने ‘हामी सबै प्रकारका सहकारीमा प्रविधिको पहुँच विस्तार गर्ने अभियानमा छौं ।’ सम्झौता पत्रमा महासंघका महाप्रबन्धक चित्राकुमारी थाम्सुहाङ सुब्बा र इन्फोडेभलपर्सका प्रमुख कार्यकारी अधिकृत उमेश रघुवंशीले हस्ताक्षर गरेका छन ।
सहकारी तथा लद्युवित्तलाई मुख्य क्षेत्र बनाएर काम गरेको इन्फोडेभलपर्सले अहिले नेपालस सरकार, अन्तर्राष्ट्रिय एजेन्सीलगायतका लागि महत्वपूर्ण सफ्वेयर विकास गरेको बताएको छ । सो कम्पनीले हाल १ हजारभन्दा बढी सहकारी दर्जनौ लघुव्त्ति र केहि बैंकहरुलाई सेवा दिइएहेका छ । महासंघका वरिष्ठ उपाध्यक्ष तथा अन्तर्राष्ट्रिय सहकारी महासंघका ग्लोबल बोर्ड सदस्य ओमदेवी मल्लले सहकारी डिजिटालाइजेसनमा जानुपर्ने र नयाँ प्रविधिसँग युवा पुस्तालाई सहकारीमा आवद्धता गर्न जोड दिनुपर्ने बताएका छन ।
राष्ट्रिय सहकारी बैंकका अध्यक्ष केवी उप्रेतीले देशकै प्रतिष्ठित कम्पनीसँग एनसीएफले रणनीतिक साझेदारी गरेकोमा खुसी व्यक्त गरे । महासंघका महाप्रबन्धक सुब्बाले महासंघले डिजिटल सहकारी अभियानका लागि कार्य गरिरहेको र त्यसको एउटा कार्यको रुपमा इन्फोडेभलपर्ससँगको साझेदारी रहेको बताए । विकु साकोसका सिइओ माधव पौडेलले सहकारीमा प्रविधिको प्रयोग सुशासनको प्रस्थानविन्दु भएको औल्याउँदै इन्फोडेभलपर्सले विकास गरेको इन्फिनिटी सफ्वेयर प्रयोग गरेसँगै डिजिटल सेवा लिने सदस्यहरु बढेको अनुभव सुनाएका थिए ।
कार्यक्रममा इन्फोडेभलपर्सका सिओओ डा. राजिव सुब्बाले गरिवी निवारण गर्ने, सदस्यलाई आत्मनिर्भर बनाउने, सामाजिक जीवनलाई समृद्धि गराउने क्षेत्रका रुपमा रहेको सहकारीमा प्रविधिको उच्चतम प्रयोगले ठूलो परिवर्तन हुने बताए । ‘यो साझेदारीले नयाँ तरंग सिर्जना गरेको उनले बताए । इन्फोडेभलपर्सले सहकारी, माइक्रोफाइनान्स र अन्य संस्थाहरुको डिजिटलाइजसेनको प्रयासमा सघाउन विभिन्न प्रडक्टहरु ल्याएको बताएको छ ।