नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारी संसदमा
काठमाडौं, १० जेठ । राष्ट्रपति विद्यादेवी भण्डारी आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गरिरहेकी छन् ।
मंगलबार सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रस्तुत गर्न राष्ट्रपति भण्डारी संघीय संसद भवन नयाँ बानेश्वरमा पुगेकी हुन् ।
संघीय संसदको संयुक्त बैठकमा राष्ट्रपति भण्डारीले नीति तथा कार्यक्रम प्रस्तुत गर्दैछिन् ।
सरकारले आयात प्रतिस्थापन, आन्तरिक उत्पादन वृद्धि तथा प्रगतिशील विकासलाई अगाडि बढाउने लक्ष्यका साथ नीति तथा कार्यक्रम ल्याउन लागेको छ।