सुनचाँदीको मूल्य सामान्य वृद्वि
काठमाडौं, ११ जेठ । यस साताको चौंँथो कारोबार दिन बुधबार सुनचाँदीको मूल्य बढेको छ ।
आइतबार देखि लगातार ३ दिन मूल्य स्थिर रहेर कारोबार भएको सुनचाँदीको मूल्य बुधबार सुन प्रतितोला २ सय र चाँदी प्रतितोला ५ रुपैयाँले बढेको हो ।
३ दिन सम्म छापावाला सुन प्रतितोला ९८ हजार र चाँदी प्रतितोला १२ सय ७० रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज बुधबार सुनचाँदीको मूल्य बढेर सुन प्रतितोला ९८ हजार २ सय र चाँदीको प्रतितोला १२ सय ७५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदीमहासंघले जनाएको छ ।