Date

बुध, मंसिर १२, २०८१
Wed, November 27, 2024

घोषणा अनुरूप अघि बढ्ला रेल, जल यातायात र रोपवे सेवा ?

घोषणा अनुरूप अघि बढ्ला रेल, जल यातायात र रोपवे सेवा ?

काठमाडौं, १६ जेठ । सरकारले आगामी आर्थिक वर्षमा रेल, जल यातायात र रोपवे सेवा अघि बढाउने घोषणा गरेको छ । अर्थमन्त्री जनार्दन शर्माले आइतवार संसद्को दुवै सदनमा बजेट पेश गर्दै उक्त घोषणा गरेका हुन् । रेल र मेट्रोरेल आयोजनाका लागि रु छ अर्ब ५३ करोड विनियोजन गरेको छ ।

अर्थमन्त्री शर्माले पूर्व–पश्चिम विद्युतीय रेलमार्गको बर्दिवास–निजगढ खण्डको निर्माणलाई तीव्रता दिइने बताएका छन् । वीरगञ्ज–काठमाडौँ रेलमार्ग र काठमाडौँ मेट्रोरेलको विस्तृत अध्ययन प्रतिवेदन तयार गरिने बजेट वक्तव्यमा उल्लेख छ ।

विराटनगर–धरान, पथलैया–वीरगञ्ज, भैरहवा–बुटवल र पोखरा उपत्यकामा ट्राम यातायातको सम्भाव्यता अध्ययन गरिने भएको छ । सरकारले जयनगर–जनकपुर–कुर्था रेल यातायात सेवा विस्तार गरी बिजलपुरासम्म विस्तार गर्ने उल्लेख छ ।

बिजलपुरा–बर्दिवास र विराटनगर खण्डमा जग्गा प्राप्तिका लागि स्रोतको प्रबन्ध गरिएको छ । भिट्टामोड–जलेश्वर–जनकपुर रेल यातायात सेवा विस्तारको सम्भाव्यता अध्ययन गरिने भएको छ । जल यातायात सेवालाई प्रवद्र्धन गर्न कोशीको चतरा, नारायणीको नारायणघाट र कर्णालीको चिसापानीमा फेरी टर्मिनल निर्माण सुरु गरिने भएको छ । यीलगायत सम्भाव्य स्थानहरूमा सार्वजनिक निजी साझेदारीमा टर्मिनल निर्माण गरिने उल्लेख छ । पहाडी र हिमाली क्षेत्रमा ढुवानी सुविधा उपलब्ध गराउन रोपवे सेवा विकासको सम्भाव्यता अध्ययन गरिने बताइएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x