नेप्से ५०.३३ अंकले घट्दा, १ अर्ब ३३ करोड बढीको कारोबार
काठमाडौं, १६ जेठ । यस साताको पहिलो कारोबार दिन सोमबार शेयरबजार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक ५०.३३ अंकले घटेर २१७३.४४ अंकमा पुगेको छ ।
सोमबार २२७ कम्पनीको ३४ लाख ५६ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ३३ करोड ८८ लाख ५६ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक १०.३३ अंकले घटेर ४२२.७४ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा २.३८ प्रतिशतले बढी हो ।
यस्तै १३ समुहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार घटेको छ । सबै भन्दा धेरै जिवन बीमा समुहका कम्पनीको कारोबार ३०६.६९ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा २.८५ अंकले कारोबार घटेको हो ।