Date

बिहि, पुस २५, २०८१
Thu, January 9, 2025

युवा स्वरोजगार कोषले एकैदिनमा ५० करोड ऋण स्वीकृत गर्यो

युवा स्वरोजगार कोषले एकैदिनमा ५० करोड ऋण स्वीकृत गर्यो

काठमाडौं, १७ जेठ । युवा स्वरोजगार कोषले सोमबार एकदिन मै करिब ५० करोडको ऋण स्वीकृत गरेको छ ।


सोमबार कोषका कार्यकारीउपाध्यक्ष डा। देवराज रोका (कल्याण)ले १२० वटा सहकारीसंस्थाका फाईलहरूलाई अन्तिम निर्णयार्थ स्वीकृत गरेसँगै करिब ५० करोड सम्बन्धित सहकारीसंस्थाका खातामा निकासा हुनलागेको हो ।


कोषले सहकारी संस्थाहरूलाई थोक कर्जा उपलब्ध गराउँदै आएको भएपनि पछिल्लोसमय ऋण स्वीकृतिमा सुस्तता आएको थियो ।
सोमबार तयारी अवस्थामा रहेका १२० वटा सहकारी संस्थाका फाईललाई एकैपटक अन्तिम निर्णयार्थ उपाध्यक्षसमक्ष पेश हुँदा एकैदिन सो परिमाणमा फाईल स्वीकृत भएको हो ।


सरकारले वार्षिक १२ हजार युवालाई थप स्वरोजगार बनाउने लक्ष्य लिएको हुँदा, सो लक्ष्यप्राप्त गर्नलाई युद्धस्तरबाट कामअघि बढाईरहेको कोषका उपाध्यक्ष डा। रोकाले दाबी गरे ।


कोषले युवालाई स्वदेशमै उत्पादनशील तथा उद्यमी बनाउन बैङ्क तथा वित्तीयसंस्था र सहकारीहरूलाई थोककर्जा प्रदान गर्दै आएको छ । यसरी विभिन्न बैङ्क तथा वित्तीयसंस्था र सहकारीमार्फत युवाले खुद्रा कर्जा प्राप्त गर्दछन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x