Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

रुपन्देही बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत

रुपन्देही बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये  ५ जनाको सनाखत

काठमाडौं, २२ जेठ । रुपन्देहीको भैरहवा नजिकै रोहिणी खोलामा बस दुर्घटनामा मृत्यु भएका ९ मध्ये ५ जनाको सनाखत भएको छ ।


मृत्यु हुनेमा रुपन्देहीको ओमसतिया गाउँपालिका ४ का ६५ वर्षीय राजेन्द्र पाण्डे, तिलोत्तमा नगरपालिका २ का ५६ वर्षीय विष्णु पौडेल, बुटवल उपमहानगरपालिका ११ कालिकानगरका ४८ वर्षका कृष्णप्रसाद बस्याल, रौतहट चन्द्र निगाहापुरका २० वर्षीय दिनेश दास र भारत जनकपुर ग्रामका ४० वर्षका अरविन्द शर्मा रहेका डिएसपी नवरत्न पौडेल हुन्। अन्य ४ जनाको सनाखत हुन बाँकी रहेको छ ।


दुर्घटनामा घाइते भएका २४ जना मध्ये १५ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । ९ जनाको भैरहवास्थित भीम अस्पताल र १५ जनाको युनिभर्सल शिक्षण अस्पताल उपचार भइरहेको छ । बसमा चालकसहित ३३ जना सवार रहेका थिए । चालक सुमन क्षेत्रीका अनुसार पुलमा अगाडिबाट सानो गाडी आएर लाइटसँग झुक्किएपछि गाडी अन्यिन्त्रित भएको हो । ‘पुलमा खाल्डो पनि भएकोले जोगाउन खोज्दा बस आफ्नो साइडबाट गलत साइडमा गएको हो’, चालक क्षेत्रीले भने । चालक क्षेत्री र सहचालक तुलसीराम चौधरीको अवस्था खतरामुक्त छ ।

रोहिणी पुलको रेलिङ्ग तोड्दै खोलामा खसेको बस घोप्टो अवस्थामा भेटिएपछि नेपाल प्रहरी, ट्राफिक प्रहरी, सशस्त्र प्रहरीलगायतको टोलीले उद्वार गरेर यात्रुहरुलाई अस्पताल पठाएको हो । अहिले बसलाई सुल्टो पारेर राखिएको छ । दुर्घटनामा परेको बस पश्चिम नेपाल वस व्यवसायीको नियमित रुटको बस हो ।


जनकपुरबाट भैरहवा आउँदै गरेको लु २ ख ३८४१ नम्बरको रात्रिबस भैरहवा–परासी सडक खण्ड रोहिणी ४ मा आज बिहान करिब साढे ४ बजे खोलामा बस खसेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x