Date

सोम, मंसिर १०, २०८१
Mon, November 25, 2024

मोदीको नेपाल भ्रमण : जनकपुरलाई सय करोड, काठमाडौलाई रेल र जलमार्ग मार्फत जोड्ने आश्वासन

मोदीको नेपाल भ्रमण : जनकपुरलाई सय करोड, काठमाडौलाई रेल र जलमार्ग मार्फत जोड्ने आश्वासन

काठमाडौं, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरको विकासको लागि एक सय करोड सहायता दिने घोषणा गरेका छन् । जनकपुरमा नागरिक अभिनन्दनलाई सम्वोधन गर्दै मोदीले जानकी मातालाई एक सय करोड चढाईएको भन्दै सहायताको घोषणा गरेका हुन् ।

सम्वोधनमा जनकपुर जयनगर हुदै रेलमार्गबाट काठमाडौ जोड्ने र जलमार्गबाट समेत नेपाललाई जोडिने उनले बताए । नेपालको सामाजिक सांस्कृतिक सम्वन्ध मात्र नभई अव नेपालमा थप व्यापारिक सम्वन्धमा सुदृढ रुपमा अगाडि लैजाने भन्दै फाइभ टि सहितको सम्वन्ध अघि बढाउने समेत बताए ।

टे«डिस्नल , ट्रेड, टुरिजम, टेक्निकल ,ट्रान्सपोर्ट जस्ता मुद्धामा नेपाललाई संग सम्वन्ध अघि बढाउने समेत उनले बताए । नेपाल र भारतको सुख र दुःख समान रहेको बताउदै नेपाल र भारतको इच्छा र आकांक्षा पनि समान भएको बताए । उनले उहाँले नेपालमा तीन तहको निर्वाचन सम्पन्न गर्नु महत्वपूर्ण सफलता भएको बताउँदै स्थायी सरकारका लागि नेपाली जनताले दिएको जनादेशको भारत सरकारले सम्मान गरेको बताए । जनकपुरमा करिब तीन घण्टा विताएपछि प्रधानमन्त्री मोदी काठमाडौं आइसकेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x