आरएसडिसीले पायो हकप्रदको अनुमती
काठमाडौं, २८ वैशाख । नेपाल धितोपत्र बोर्डले आरएसडिसी लघुवित्त वित्तीय संस्थालाई हकप्रद शेयर निष्कासनको लागि स्विकृती दिएको छ । लघुवित्तले ५ बराबर ३ अर्थात ६० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने भएको छ ।
लघुवित्तले २१ करोड ५९ लाख ७० हजार रुपैयाँ बराबरको २१ लाख ५९ हजार सात सय कित्ता हकप्रद शेयर निष्कासन गर्नेछ । उक्त हकप्रद शेयरको अंकित मुल्य एक सय रुपैयाँ रहेको छ । लघुवित्तले उक्त हकप्रद शेयरको निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईविएल एस क्यापिटललाई नियुक्त गरेको छ ।
हकप्रद शेयर पछि लघुवित्तको चुक्ता पुँजी ५७ करोड ५९ लाख रुपैयाँ पुग्नेछ । लघुवित्तको हाल चुक्ता पुँजी ३५ करोड ९९ लाख रुपैयाँ रहेको छ ।