Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

राष्ट्र बैंकले नागरिक बचत ऋणपत्र २०८० निष्कासन गर्दै

राष्ट्र बैंकले नागरिक बचत ऋणपत्र २०८० निष्कासन गर्दै

काठमाडौं, २८ वैशाख । नेपाल राष्ट्र बैंकले नागरिक बचत ऋणपत्र २०८० निष्कासन गर्ने भएको छ । राष्ट्र बैंकले ५ वर्षको अवधिको २ अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गर्ने भएको हो । उक्त ऋणपत्रको व्याजदर वार्षिक ९ प्रतिशत रहेको छ ।

राष्ट्र बैंकले यस ऋणपत्र २०७५ जेठ २ देखी २२ गतेसम्मका लागि बिक्री खुल्ला गर्ने जनाएको छ । बैंकले उक्त ऋणपत्र जेठ २८ गते जारी गर्ने भएको छ । यस ऋणपत्रको व्याज भुक्तानी अर्ध वार्षिक रुपमा गरिने बैंकले जनाएको छ ।

यस ऋणपत्रको लागि आवेदकहरुले न्युनतम १० कित्ता र अधिकत्तम कुल निष्कासनको १० हजार कित्ताले भाग गरि निवेष नहुने गरि आवेदन दिने सकिने छ । ऋणपत्रको अंकित मुल्य एक हजार रुपैयाँ रहेको छ । बैंकले २०८० जेठ २८ गते साँवा भुक्तानी गर्नेछ ।

राष्ट्र बैंकले जारी गर्ने यस ऋणपत्र वैंक तथा वित्तीय संस्थामा धितो राखी कर्जा लिन सकिने व्यवस्था गरिएको छ । यस ऋणपत्रको आवेदन नेपाली नागरिकहरुले मात्र दिने सकिने राष्ट्र बैंकले जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x