Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

भारतले भैरहवा प्रवेश बिन्दुबाटै दियो जहाज प्रवेशको अनुमति

भारतले भैरहवा प्रवेश बिन्दुबाटै दियो जहाज प्रवेशको अनुमति

काठमाडौं, २७ जेठ । कुवेतबाट गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका लागि उडान भरेको जजिरा एयरको जहाजलाई भने भारतले भैरहवा प्रवेश बिन्दुबाट नै नेपाल प्रवेश गर्न दिएको छ ।

भारतीय पक्षसँग गौतम बुद्ध विमानस्थल टावरले प्रवेश बिन्दुबाट जहाज प्रवेशका लागि अनुमति मागेको पनि थिएन ।

यसैबीच भारतीय पक्षले सधैँका लागि भने भैरहवा प्रवेश बिन्दु दिएको होइन। आपतकालीन अवस्थामा मात्र अनुमति दिएको जनाएको छ ।

जहाज उडान गर्ने पाइलटले नै सिमरा क्षेत्रबाट प्रवेश गरी गौतम बुद्ध जाने रुटमा मौसम खराब रहेको भन्दै भारतीय विभिन्न विमानस्थलको टावरसँग सम्पर्क गरेर प्रवेश अनुमति लिएको विमानस्थलले जनाएको छ ।

भारतीय पक्षले २४ हजारको सर्त राखेकै ठाउँबाट जजिराको जहाजलाई १२ हजार ५ सय फिटबाटै नेपाल प्रवेश दिएको छ ।

भारतले युरोप तथा अमेरिकाबाट नेपाल आउने जहाजका लागि सिमरा बिन्दुबाट मात्रै जहाज प्रवेश गर्न दिँदै आएको छ ।

सिमराबाट प्रवेश भएका जहाज नै काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल तथा गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण हुने गरेको छन् ।

नेपालले महेन्द्रनगर, नेपालगञ्ज तथा पश्चिम नेपालको हवाई प्रवेश बिन्दु मागेपनि भारतले सुरक्षाको विषय उठाउँदै जहाज प्रवेश बिन्दु दिएको छैन ।

प्रवेश बिन्दु नदिएकै कारण युरोप तथा अमेरिका (पश्चिम तर्फ)बाट आउने जहाज सिमरा बिन्दुबाट नै प्रवेश हुनपर्ने बाध्यता छ ।

नेपाललाई भारतीय पक्षले पश्चिम नेपालबाट हवाई प्रवेश बिन्दु दिने विषय बारम्बार छल्दै आएको छ । तर भारतीय पक्ष भैरहवा विमानस्थलको पूर्व पारेर रुट दिन भने केही सकारात्मक थियो । तर भारतले भारतीय एयर स्पेशबाट नेपाल प्रवेश गर्दै गर्दा जहाज २४ हजार फिटभन्दा माथिबाट प्रवेश हुनपर्ने सर्त अगाडि सारेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x