Date

शनि, बैशाख ८, २०८१
Sat, April 20, 2024

संसारभर एउटा डरलाग्दो भोकमरी र गरिबी आउने- राष्ट्र संघ

संसारभर एउटा डरलाग्दो भोकमरी र गरिबी आउने- राष्ट्र संघ

काठमाडौं, २७ जेठ । रसियाले युक्रेनमा आक्रमण गरेको तीन महिनाभन्दा बढी भएको छ । अझैसम्म युक्रेनमा युद्ध जारी भएकाले जनधनको क्षति भएपनि यसको असर संसाभरभर परेको छ ।

यो युद्धको मूल्य संसारका करोडौँ मान्छेहरूले भोग्नुपरेकाले संसारभर यो पुस्ताकै पहिलो पटक यस्तो संकट परेको छ । कोरोना महामारीबाट प्राताडित जनता अहिले खाद्य, ऊर्जा र मलको मूल्यवृद्धिको मारमा परेका छन् । यसले गर्दा समग्रमा गुजराको मूल्य आकासिएको छ । अहिलेको पुस्ताले यस्तो संकट पहिलोपटक भोगेको सयुक्त राष्ट्र संघले उल्लेख गरेको छ ।

युक्रेनमा भइरहेको युद्धको असरका बारेमा अध्ययन तथा सिफारिस गर्नका लागि सयुक्त राष्ट्र संघका महासचिवले गठन गरेको ‘ग्लोबल क्राइसिस रेस्पोन्स गु्रप’ ले हालै संक्षिप्त अध्ययन प्रतिवेदन सार्वजनिक गरेको छ ।

यो समूहको अध्ययन अनुसार अहिले देखिएका तीन मध्ये एउटा संकटसँग १ अर्ब ६० करोड मान्छे जुधिरहेका छन् । खाद्य, वित्त र ऊर्जामध्ये एक संकटसँग जुध्ने जनता ९४ देशका छन् ।

‘धरातलमा हेर्ने हो भने प्रत्येक दिनले एउटा नयाँ कठिनाइ ल्याइरहेको छ । युद्धका कारणले संसाभर एउटा डरलाग्दो भोकमरी र गरिबीको वेभ आउने देखिन्छ’ समूहको संक्षिप्त प्रतिवेदन सार्वजनिक गर्दै राष्ट्र संघका महासचिव एन्टोनियो गुट्रेजले भनेका छन्,’जोखिमपूर्ण अवस्थाम रहेका जनता र देश यसअघि नै संकटमा थिए । तर अहिलेको यो ’कस्ट अफ लिभिङ’ को जोखिमसँग जोगिर हिड्नसक्ने अरु पनि रहेनन् ।’

अहिले देखिएका विश्वव्यापी संकटसँग जुध्नसक्ने क्षमता ह्रास हुँदै गएको छ । देशहरूले यस्तो क्षमता गुमाउँदै गएको उक्त अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । एकल क्षमता गुमाउँदै गएका देशहरूका लागि अब एउटै बिकल्प भनेको बहुपक्षीइ साझेदारी हो । बलियो राजनीतिक इच्छाशक्तिमा आधारित यस्तो साझेदारी अहिलेको आवश्यकता रहेको राष्ट्र संघीय टोलीको बुझाइ छ ।

‘यो समस्या समाधानको एउटै मात्र आयाम छैन’ युनाइटेड नेसन्स कन्फ्रेन्स अन ट्रेड एण्ड डेभलपमेन्ट(अनक्याट्ड) को महासचिव रेविका ग्र्यानस्प्यानले भनेकी छन्,’ आम्दानी खुम्चिएकोछ। घट्दो आम्दानीका बीच जीवन गुजराका लागि व्यवस्थापन गर्न कठिन भइरहेको छ परिवारहरूलाई। यस्तोमा अर्को कठिन चक्र सुरु भएको छ ।’


अहिलेको विश्वव्यापी संकटबाट संसारका सबै देश लगभग प्रभावित भएका छन् । ’तर सबै उत्तिकै प्रभावित छैनन् । कोही क्षेत्र तथा देश धेरै प्रभावित भएका छन्’ राष्ट्र संघीय टोलीको ब्रिफमा उल्लेख गरिएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x