Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

इन्भेष्टमेन्ट बैक र मेगा बैकबीच आज मर्जर सम्झौता हुँदै

इन्भेष्टमेन्ट बैक र मेगा बैकबीच आज मर्जर सम्झौता हुँदै

काठमाडौं, २७ जेठ । नेपाल इन्भेष्टमेन्ट बैक र मेगा बैकबीच मर्जर सम्झौता हुने भएकाे छ । दुई बैंकबीच आज साझ मर्जर सम्झौता हुने भएको हो ।

इन्भेष्टमेन्ट बैंककाे १ कित्ता सेयर बराबर मेगाकाे ०.९० कित्ता सेयर हुनेगरी मर्जरमा सम्झाैता हुन लागेकाे हाे । मर्जरपछि बैंककाे नाम इन्भेष्टमेन्ट बैंकनै रहनेछ भने बैंककाे पुँजी ३० अर्व रुपैयाँ बढि हुनेछ । बैंक सन्चालक समित अध्यक्ष र सिइओ पनि इन्भेष्टमेन्ट बैंककै रहने छन् ।

चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा एनआईबिएल बैंकको चुक्ता पूँजी १८ अर्ब ३० करोड ७५ लाख ४१ हजार रुपैयाँ पुगेको छ भने मेगा बैंकको १६ अर्ब १२ करोड ४ लाख ६१ हजार रुपैयाँ रहेको छ । एनआईबिएल बैंकको कर्जा १ खर्ब ७३ अर्ब ४६ करोड १९ लाख ९६ हजार रुपैयाँ रहेको छ भने मेगा बैंकको १ खर्ब ५० अर्ब ४५ करोड ९३ लाख ४४ हजार रुपैयाँ रहेको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x