Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

`क्रसर र खानी खोल्ने होइन बन्द गर्ने निर्णय भएको हो´

`क्रसर र खानी खोल्ने होइन बन्द गर्ने निर्णय भएको हो´

नुवाकोट, २७ जेठ। नुवाकोटको तारकेश्वर गाउँपालिकाको कार्यपालिका बैठकले अवैध रुपमा संचालनमा रहेका क्रसर तथा बालुवाखानी तत्काल बन्द गर्ने निर्णय गरेको छ । हिजो बसेको कार्यपालिकाको बैठकले सर्वसम्मत रुपमा अवैध क्रसर र बालुवाखानी बन्द गर्ने निर्णय गर्दै सम्बन्धित निकायलाई पत्राचार गरिसकेको भन्दै अध्यक्ष शिव अधिकारीले भ्रमपुर्ण समाचारको पछि नलाग्न आग्रह गरे ।

उक्त बैठकले क्रसर र बालुवाखानीसम्बन्धि कार्यविधि बनाउन गाउँपालिकाको प्रमुख प्रशासकिय अधिकृतलाई जिम्मेवारी दिएको छ । प्रशासकिय अधिकृत नेतृत्वको समितिले कार्यविधि अनुसार आगामी दिनमा कुन प्रयोजनका लागि कसरी खोल्ने वा के गर्ने भन्नेबारे कार्यपालिकाले निर्णय गर्ने जनाएको छ ।

यस्तै निजी गाडी प्रयोगबारे पनि उनले आफूले सरकारी गाडी नै प्रयोग गरिरहेको र भाडाकाे गाडी आफ्नो नभई गाउँपालिकाको कामका लागि आवश्यक रहेकाले गाउँपालिकाले नै निर्णय गरेर लिएको पनि प्रष्ट पारे ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x