Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

लुम्बिनी प्रदेशको नीति तथा कार्यक्रम पारित

काठमाडौं, २९ जेठ । लुम्बिनी प्रदेश सरकारको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ ।
प्रदेश प्रमुख अमिक शेरचनले सरकारको तर्फबाट जेठ २५ गते प्रस्तुत नीति तथा कार्यक्रम दुई दिन छलफल भएपछि आइतबार पारित भएको हो ।
आइतबार प्रदेश सभा बैठकमा सभामुख पुर्णबहादुर घर्तीमगरले निर्णयार्थ प्रस्तुत गरेपछि प्रदेश सभाको बहुमतले ध्वनिमतका आधारमा पारित गरेको हो । ८० सदस्यीय लुम्बिनी प्रदेश सभामा सत्ता पक्षमा ४३ र विपक्षमा ३७ सांसद छन् ।


सांसदहरुले उठाएका प्रश्नको जवाफ दिंदै मुख्यमन्त्री कुलप्रसाद केसीले राजनीतिक मतभेद र राजनीतिक विचार दृष्टिकोण फरक फरक भए पनि लुम्बिनीको विकासमा एकतावद्ध भएर अघि बढ्न आग्रह गरे ।


नीति तथा कार्यक्रममाथिको छलफलमा प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले चुनावी सरकारले दीर्घकालीन महत्वका र पूरा हुन नसक्ने योजनाहरु ल्याएको भन्दै आलोचना गरेका थिए ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x