सातवटै प्रदेशले आज आगामी आर्थिक वर्षको बजेट ल्याउँदै
काठमाडौं, १ असार । सातवटै प्रदेश सरकारले आज आगामी आर्थिक वर्ष को बजेट ल्याउँदैछन् । प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०७९/८० का लागि असार १ गते बजेट ल्याउने संवैधानिक व्यवस्था अनुसार नै सातवटै प्रदेश सरकारले आज बजेट ल्याउन लागेका हुन् ।
संघीय संसदले जेठ १५ गते नै आगामी आवको बजेट ल्याइसकेको छ । संघीय सरकारले ल्याएको बजेटलाई आधारमानी सातवटै प्रदेशले बजेट ल्याउन लागेका हुन् ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रीले प्रदेशसभामा बजेट पेश गर्नेछन् । आगामी आवका लागि कृषि, पर्यटन, खानेपानी, सडक, रोजगारी सिर्जना लगायतका विषयलाई प्राथमिकतामा राखेर बजेट ल्याउने भएका छन् ।