असारको पहिलो दिनमै नेप्से २९.८९ अंकले ओरालो
काठमाडौं, १ असार । यस महिनाको पहिलो दिन र साताको तेस्रो कारोबार दिन बुधबार शेयरबजार ओरालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक २९.८९ अंकले घटेर १९६६.३७ अंकमा पुगेको छ ।
बुधबार २२९ कम्पनीको ४१ लाख ८२ हजार रुपैयाँको शेयर किनबेच हुँदा १ अर्ब ४९ करोड १७ लाख ५८ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक ४.६० अंकले घटेर ३७८.९० अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा १.२० प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन सबै समुहका कम्पनीको कारोबार घटेको छ । यस दिन जिवन बीमा समुहका कम्पनीको कारोबार सबै भन्दा धेरै १८९.५८ अंकले घटेको छ । यो अघिल्लो दिनको तुलनामा २.०१ प्रतिशतले बढि हो ।