Date

मङ्ल, मंसिर ११, २०८१
Tue, November 26, 2024

बढ्यो असारे खर्च, दैनिक ६ अर्ब बढी हुन थाल्यो सरकारी भुक्तानी

बढ्यो असारे खर्च, दैनिक ६ अर्ब बढी हुन थाल्यो सरकारी भुक्तानी

काठमाडौं, १० असार । चालु आर्थिक वर्ष सकिन केही दिन मात्रै बाँकी रहँदा सरकारले धमाधम भुक्तानी सुरु गरेको छ । असार महिना सुरु भएसँगै सरकारी भुक्तानी बढ्न थालेको हो ।
महालेखा नियन्त्रक कार्यालयको तथ्यांक अनुसार असार सुरु भएपछि दैनिक ६ देखि ७ अर्ब भुक्तानी दिइएको छ । असार ७ गते ५ अर्ब भुक्तानी गरेको सरकारले ८ गते ५ अर्ब भुक्तानी गरेको छ भने ९ गते ७ अर्ब भुक्तानी गरेको छ ।

हालसम्म संघीय कोषबाट १० खर्ब ७६ अर्ब भुक्तानी भएको उल्लेख छ । यस्तै कोषमा भने १० खर्ब १७ अर्ब मात्रै जम्मा भएको छ ।

पहिलेका वर्षहरुमा जस्तै यो पटक पनि राज्यले लिएको आम्दानी र खर्च लक्ष्य भने पुरा हुने छैन । यो पटक ११ खर्ब ८० अर्ब राजस्व संकलनको लक्ष्य लिइएकोमा ९ खर्ब ५९ अर्ब मात्रै संकलन भएको छ । यस्तै १६ खर्ब ३२ अर्ब खर्च लक्ष्य लिइएकोमा १० खर्ब ७६ अर्ब मात्रै खर्च भएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x