Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

कुमारी बैंक लिमिटेड र माया मेट्रो अस्पताल बीच सम्झौता

कुमारी बैंक लिमिटेड र माया मेट्रो अस्पताल  बीच सम्झौता

काठमाडौं, १५ असार । कुमारी बैंक लिमिटेड र धनगढी, कैलालीस्थित माया मेट्रो अस्पताल बिच कुमारी बैंक लिमिटेडका ग्राहकहरुलाई माया मेट्रो अस्पतालबाट प्रदान गरिने स्वस्थोउपचार सम्बन्धी सेवाहरुमा विशेष छुट प्रदान गर्ने समझदारी भएको छ ।


यस सम्झौता अनुसार कुमारी बैंक लिमिटेडका ग्राहकहरुले सो अस्पतालबाट सेवा लिए वापत कुनै पनि भुक्तानी कुमारी बैंकको डेबिटरक्रेडिट कार्डबाट गर्दा ल्याब, अल्ट्रासाउन्ड, इकोकार्डियोग्राम, एन्डोसकोपी, बेड चार्जमा १० प्रतिशत छुट र ओटि, अम्बुलेन्स सेवामा ५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्। यस सुविधाबाट सेवाग्राहीहरुले गुणस्तरिय सेवा प्राप्त गर्नुका साथै अधिकतम लाभ समेत प्राप्त गर्न सकिनेमा बैंक विश्वस्त रहेको छ ।


कुमारी बैंकले आफ्ना देशव्यापी १९७ शाखा सञ्जाल, १८६ एटिएम, ४५ शाखारहित बैंकिङ्ग ईकाई तथा २४ एक्सटेन्सन काउन्टरबाट अत्याधुनिक बैंकिङ्ग सुविधाहरु दिँदै आएकोे र आगामी दिनहरुमा अझ सुरक्षित, सरल, सुलभ तथा उत्कृष्ट सेवा प्रदान गर्न डिजिटल पूर्वाधार प्रविधि र क्षमतालाई सुदृढ पार्दै लगिने प्रतिबद्धता जनाएको छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x