Date

शुक्र, बैशाख ७, २०८१
Fri, April 19, 2024

निजगढमा विमानस्थल निर्माण नरोकिने

निजगढमा विमानस्थल निर्माण नरोकिने

काठमाडौं, १६ असार । बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन मिल्ने गरी बुधवार सर्वोच्च अदालतले जेठ १२ को फैसलाको पूर्णपाठ सार्वजनिक गरेको छ । जेठ १२ गते विमानस्थल नबनाउन परमादेश जारी भएको खबर सार्वजनिक भए पनि सर्वोच्चको आधिकारिक भनाइ आएको थिएन ।

सर्वोच्चले उक्त फैसलाको पूर्णपाठ जारी गरेसँगै न्यून वातावरणीय क्षतिमा विमानस्थल निर्माण गर्ने बाटो खुलेको हो । त्यो बेला सर्वोच्चका पाँच न्यायाधीश सम्मिलित बृहत् पूर्ण इजलाशले निजगढ विमानस्थल बनाउने गरी भएका सबै कार्य तथा निर्णय स्वीकृतिलाई बदर गर्न र उपयुक्त विकल्प खोज्न परमादेश जारी गरेको भनिएको थियो । बुधवार सार्वजनिक गरिएको पूर्णपाठमा बदर गर्ने कुरा उल्लेख छैन । बृहत् पूर्ण इजलाशमा न्यायाधीशहरू ईश्वरप्रसाद खतिवडा, प्रकाशमानसिंह राउत, मनोजकुमार शर्मा, हरिकृष्ण कार्की र विश्वम्भरप्रसाद श्रेष्ठ थिए । पूर्णपाठमा यी न्यायाधीशहरूको राय फरकफरक छ ।

न्यायाधीशहरू खतिवडा, राउत र श्रेष्ठको राय एकथरी छ भने कार्की र शर्माको अर्कोथरी छ । दोस्रो अन्तरराष्ट्रिय विमानस्थल निर्माण गर्नुपर्नेमा समान राय देखिए पनि स्थानका विषयमा बहुमत न्यायाधीश मौन छन् । अल्पमतका दुई न्यायाधीशको रायमा निजगढमै विमानस्थल बनाउन सकिने उल्लेख छ ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x