कामना सेवा विकास बैंक र खबर एक्सप्रेसबीच प्रोफेशनल कर्जा सम्बन्धी सम्झौता
काठमाडौं, २१ असार । कामना सेवा विकास बैंक लिमिटेड र खबर एक्सप्रेसबीच प्रोफेसनल कर्जा प्रवाह सम्बन्धमा मिति २०७९ साल आषाढ महिना १७ गते शुक्रबार एक कार्यक्रममा सम्झौता सम्पन्न भएको छ । यस सम्झौता पश्चात बैंकले खबर एक्सप्रेसका कर्मचारीहरुलाई सरल तरिकाबाट बिना धितोमा प्रोफेशनल कर्जा प्रदान गर्नेछ । उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत तथा खबर एक्सप्रेसका तर्फबाट प्रबन्ध निर्देशकले हस्ताक्षर गर्नु भएको थियो ।
यो सम्झौता पछि खबर एक्सप्रेसका कर्मचारीले सहज रुपमा कर्जा प्राप्त गर्ने र बैंकको व्यवसायमा समेत थप टेवा मिल्ने विश्वास बैंकले लिएको छ ।