Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

प्राइमलाइफ इन्स्योरेन्सद्वारा उदयपुरको श्री खाट मन्दिर विद्यालका विद्यार्थिहरुलाई व्याग वितरण र भवन निर्माणमा आर्थिक सहयोग

प्राइमलाइफ इन्स्योरेन्सद्वारा उदयपुरको श्री खाट मन्दिर विद्यालका विद्यार्थिहरुलाई व्याग वितरण र भवन निर्माणमा आर्थिक सहयोग

काठमाडौं, २२ असार । प्राइम लाइफ इन्स्योरेन्स कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत उदयपुर जिल्लाको श्री खाट मन्दिर आघारभुत विद्यालयमा अध्यनरत ३५० जना भन्दा बढि बाल बालिकाहरुलाई स्कुल ब्याग वितरण गरि भवन निर्माणका लागी रु ३ तीन लाख आर्थिक सहयोग गरेको छ ।


नेपाल सरकारका परराष्ट्र मन्त्रि डा. नारायण खड्काको प्रमुख आतिथ्यमा उनकै पहलमा कम्पनीले सहयोग गरेको हो । डा. खड्काले उक्त कार्यक्रममा बोल्दै आफ्नो गृह वडाका विद्यालयलाई सहयोग गर्न पाएकोमा खुसि व्यक्त गरेका थिए । उनले विद्यालयको शैक्षिक गुणस्तरवृद्धिको लागी आफुले सक्ने सहयोग गर्ने बताएका थिए ।


कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराईले जीवन बीमा कम्पनीले जसरी आर्थिक सुरक्षामा जोड दिएको हुन्छ त्यसरिनै शिक्षा स्वास्थ्य जस्तो विषयमा समेत संवेदनशिल भएकोले सामाजिक उत्तरदायित्व अन्र्तगत मन्त्रिको पहलमा स्कुल तथा विद्यार्थिलाई सहयोग गर्न पाएको खुसि व्यक्त गरेका थिए । सो कार्यक्रममा ५०० जना भन्दा बढी व्यक्तित्वहरुको सहभागिता रहेको थियो ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x