नेप्से १३.३३ अंकले उकालो, २ अर्ब १७ करोड बढीको कारोबार
काठमाडौं, २२ असार । यस साताको चौंथो कारोबार दिन बुधबार शेयर कारोबार उकालो लागेको छ ।
यस दिन स्टक एक्सचेन्जमा आबद्व कम्पनीको शेयर कारोबार मापक नेप्से परिसूचक १३.३३ अंकले बढेर २०४३.९२ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.६६ प्रतिशतले बढी हो ।
बुधबार २२८ कम्पनीको ६२ लाख ६३ हजार रुपैयाँको शेयर किनबेच हुँदा २ अर्ब १७ करोड ८६ लाख ५५ हजार रुपैयाँ भन्दा बढीको कारोबार भएको छ ।
ठुला कम्पनिको उपसूचक १.६८ अंकले बढेर ३८८.९१ अंकमा पुगेको छ । यो अघिल्लो दिनको तुलनामा ०.४३ प्रतिशतले बढी हो ।
यस्तै १३ समूहका कम्पनीको उपसूचक मध्ये यस दिन १० समूहका कम्पनीको कारोबार बढेको छ भने ३ समूहका कम्पनीको कारोबार घटेको छ । आज सबै भन्दा धेरै जीवन बीमा कम्पनीको कारोबार २६६.३२ अंकले बढेर १०२१५.३३ अंकमा पुगेको छ ।