Date

आइत, मंसिर ९, २०८१
Sun, November 24, 2024

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

अर्थमन्त्रीमाथि छानबिन गर्न ११ सदस्यीय संसदीय समिति गठन

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न संसदीय छानबिन समिति गठन भएको छ ।
प्रमुख विपक्षी नेकपा एमालेको माग बमोजिम ११ सदस्यीय छानबिन समिति गठन भएको हो ।

समितिमा संसद्को सबैभन्दा ठूलो दल नेकपा एमालेबाट चार जना सदस्य रहेका छन् । त्यस्तै नेपाली कांग्रेस र माओवादी केन्द्रबाट दुई दुई जना रहेकाछन् ।
जसपा, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीबाट एक एक जना रहेका छन् ।

सो समितिमा रहेका सदस्यहरुमा खगराज अधिकारी, देव गुरुङ, पुष्पा भुसाल, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, लक्ष्मणलाल कर्ण, शक्ति बस्नेत, सरला यादव, सीताराम महतो र सुरेन्द्रप्रसाद यादव रहेका छन् ।

अर्थकोअर्थ

Related Posts

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Read also x