अर्थमन्त्री शर्माले दिए पदबाट राजीनामा

काठमाडौं, २२ असार । अर्थमन्त्री जनार्दन शर्माले पदबाट राजनीनामा दिएका छन् । बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालयमा प्रवेश गराएको आरोप खेप्दै आएका अर्थमन्त्री पछिल्लो समय निकै विवादित बनेका थिए । त्यससँगै उपभोक्ता अधिकार संरक्षण मञ्चले बजेटको अघिल्लो दिनको सीसीटीभी फुटेज माग गरेकोमा मन्त्रालयले उपलब्ध गराउन नसकेपछि अर्थमन्त्री शर्माको राजीनामा माग गरिएको थियो ।

यसै विषयमा बुधवार प्रतिनिधिसभालाई सम्बोधन गर्दै अर्थमन्त्री शर्माले राजनीनामाको घोषणा गरेका हुन् ।

Shangrila

Leave a Reply

Your email address will not be published. Required fields are marked *